14/11/2015

मिलन बिछोड हासो रोदन, जिन्दगी को रित बने।

आदित्य लिम्बु
मिलन बिछोड हाँसो रोदन,जिन्दगीका रीत बने।
अँधेरी मा झर्या आँशु , बिहानी का शित बने॥

पुरानाति घाऊ बल्झी,ज्वारभाटा मनमा उठ्दा।
कयौँ पिडा गजल बने , कयौँ पिडा गीत बने॥

चाहेर नी सब्लाई याहाँ , खुसी पार्न नसकीने।
कती आफ्ना पराई बने, कती दुश्मन मीत बने॥

जीन्दगी को यात्रा बिच , यात्री धेरै मिले पनी।
मझधारमा एक्लै भा'छु , सबै यात्री अतीत बने॥

No comments: