24/12/2015

यो धर्तीमा मलाई बुझ्ने एउटा मुटू थियो ।

यो धर्तीमा मलाई बुझ्ने एउटा मुटू थियो । 
उस्ले पनि झेल गरि मलाई धोका दियो । कोहिछैन मेरो भागमा मैले उस्लाई रोजे । स्वार्थी बस्ने दुनियाँमा किन साथी खोजे । 
एकै धड्कन हाम्रो भन्ने एउटा मुटू थियो ।
 उस्ले पनि झेल गरि मलाई धोका दियो । नियतीको खेल हो कि खोटी भाग्य मेरो ।
 उस्कै यादमा जल्छ मुटू हिजो आज मेरो । आफै भन्दा प्यारो लाग्ने एउटा मुटू थियो । उस्ले पनि झेल गरि मलाई धोका दियो । 
आदित्य लिम्बु

हिर्दये भरिको माया तिम्रो सधै भरी सचिरहे

हिर्दये भरिको माया तिम्रो सधै भरी सचिरहे

फर्की उनी आउलिन भनी पर्खैमाई बाची रहे
छाडी गैइन  निस्टुरिले सधै साथ दिन्छु भनी
उस्कै याद मा बितने भयो अब यो मेरो जुनि
आदित्य लिम्बु

19/12/2015

संसारमा सबैभन्दा ठूलो माया नै हो ,,

संसारमा सबैभन्दा ठूलोमाया नै हो ,,
चाहे व्यक्ति आफ्नै घरमा होस् या घरभन्दा टाडा ,,
माया त लाग्छ नै ।।
हरकोहिसंग पनि माया,
प्रेम हुनसक्छ प्रेम कस्तो छ रु भन्न निकै गाह्रो छ तर जे भएपनि प्रेम प्रेम नै ह
आदित्य लिम्बु

तिमी छौ र पो बाचेकी छु म,

तिमी छौ र पो बाचेकी छु म, तिमी छौ र पो हासेकी छु म,, तिमीबिना मेरो मुटु रुक्छ , तिमीबिना मेरो सास रुक्छ , चाहिदैन अरु केहि तिम्रो माया पाए पुग्छ .............सानु

फूल अधुरो बास्ना बिना जुन अधुरो तारा बिना घाम अधुरो छाया बिना मत अधुरो तिमीबिना.......................
आदित्य लिम्बू सबिता

जिवन जिउने क्रममा अनेक थरीका व्यक्तिहरुसंग

जिवन जिउने क्रममा अनेक थरीका व्यक्तिहरुसंग हाम्रो भेट हुन सक्छ,,,
तिमध्य कुनै व्यक्तिहरुको कुराले कहिलेकाहि जिवनदेखि नै बिरक्त लाग्न सक्छ,
त कुनै व्यक्तिहरुको कुराले जिवन जिउन प्रेरणा मिल्न सक्छ,,
हरेक व्यक्तिले जिवनमा केहि लक्ष राखेकै हुन्छ,,
भबिश्यमा केहि बन्ने, केहि गर्ने, र प्रयास गर्न था...
आदित्य लिम्बु

01/12/2015

तिम्रो याद मा

पलपल मुटु जल्दा तिम्रो याद्ले बेहोसी बनी रुन पुगेछु
कोमल थियो तिम्रो मन पनि अन्जान मै दुखाउन पुगेछु
छोडी जाने माया जाउ कहिलेइ यो दिल सिसा चारकिए झै
नचारकाउ तिम्रो याद पनि फिर्ता लि  लैजाउ
आदित्य लिम्बु

30/11/2015

आँसु अहिछ जिन्दगी

आसुँ नै आसुँ रहेछ जिन्दगी चाहेर पनि हास्नँ सकिन बिछोड नै बिछोड रहेछ जिन्दगी मिलन मैले पाउन सकिन घोका नै घोका रहेछ जिन्दगी प्रेमको निशाना राख्न सकिन ।
आदित्य लिम्बू 

जिन्दगी

मेटिनु र छुटिनु त जिन्दगी को रित रहैछ
बर्तमान म पीडा दिने यौटा काडा रहेछ
जती सम्ज्यो जिन्दगी झन झन टाडा रहेछ
जिन्दगी त सच्छै पिडा नै पिडा को खानी रहेछ
हासो त कवेल आखाको नानी रहेछ ,....
आदित्य लिम्बु

29/11/2015

जाउ प्रिया तिमि मेरो जिन्दगी बाट जाउ म

जाउ प्रिया तिमि मेरो जिन्दगी बाट जाउ म गरिब छु ,म दुखी छु मेरो जिन्दगी मा कहिले आउदै न आउ। म सङग माया लगाइ ववार्द हुन्छौ भन्ने मलाई धोका दिइ चन्द्रमा छुन्छौ भन्ने जाउ प्रिया तिमि चन्द्रमा छुन लाई जाउ। म भन्दा धेरै माया उसले गर्छ भन्ने तिमि लाई उ सारै मन पर्छ भन्ने जाउ प्रिया तिमि मेरो जिन्दगी बाट जाउ।
आदित्य लिम्बु

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी चुरा फुटेसरी भयो चराहरु उडीगए चुरा फुटेसरी भयो चराहरु उडीगए हजार कोपिलाहरु नमुस्कुराउँदै झरे उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी विहान जो खुशी थियो जलेर साँझ भैसक्यो विहान जो खुशी थियो जलेर साँझ भैसक्यो भिजेको पात पातमा निशादको कथा थियो अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी आदित्य लिम्बू 

यदि मेरो प्रेम चोखो छ भने, मेरो आस्थामा

यदि मेरो प्रेम चोखो छ भने, मेरो आस्थामा

ताकत छ भने, मेरो बिन्ती सुनिदे ए दैव। उनको नयाँ साथ स्वर्णीम बनाइदे, उनको नयाँ जिन्दगी रंगीन बनाइदे, बरु मुस्कान मेरो लुकोस् सास मेरो रुकोस् जिन्दगीको यात्रामा मेरा यादहरुसंग ठोकिएर उनको दिल कहिल्यै नटुटोस्।।
आदित्य लिम्बू 

भावाना मेरो मन को

झरेको पात सरी निरास भो मेरो जिन्दगी !
 मरेको लास सरी उजाड भो मेरो जिन्दगी !!
ओठबाट हाँसो नआए पनि ,मन कमजोर नपार्नु सानू !!
मेरो जिन्दगी त विग्रियो यसै ,तिम्रो जिन्दगी सपार्नु सानू !!
आदित्य लिम्बु

28/11/2015

जिन्दगी ले येसरी धोका दियो

जिन्दगी ले येसरी धोका दियो
 भागे आफ्नो चिनै सकिन
धेकार छ  कहिले कहित एस्तो लाग्छ
एदि मिल्ने भएत झ्यप बल्दै
गरेको बति निभए झै
झ्याप निबैदिउकी जस्तो झवाक चल्छ यो मेरो
आभागी खपर जता हिडियो
उतै ठकर
आदित्य लिम्बु

27/11/2015

हिड्दै छू यो जीवन मा

जिन्दगीको यात्रा संगै यात्री बनि हिड्दै छु जिन्दगी को एउटा कथा को पात्र बोकेर हिड्दै छू हजारौ चुनौती र मुकाबिला को साथमा बच्नु र रमाउनु पर्दो रहेछ भनेर संघर्ष गर्दै हिड्दै छू म कति आफ्ना चाहना र भोगाई हरु सबै भूलेर कति दुख पिडा हरु लाई भुलेर खुसि संग रमेर हिड्दै छू यो जीवन मा
आदित्य लिम्बू 

26/11/2015

भावाना मेरो मन को

आदित्य लिम्बु
यदि तिमिले मागेको हर चिज भगवानले पूरा गर्दिन्छन भने अबको प्राथनामा मेरो मृत्यु मागिदेउ किनकी म तिम्रो अभावमा यसरी तड्पियर बाच्नुको कुनै औचित्य छैन ।
भावाना मेरो मन को

25/11/2015

भेट्न जति सजिलो भो छुट्न उति गाहे भयो

आदित्य लिम्बू
 भेट्न जति सजिलो भो छुट्न उति गाहे भयो
जसको हुन सकिन म उहि किन प्यारो भयो ?
किन टाढा भयौभनि सोध्ने छैन उनी संग के भनु म
 मैले रुदा धेरै खुशी हुनीसंग सम्झन त सजिलै भो
भुल्न किन गाहे भयो जसको हुन सकिन
 म उहि किन प्यारो भयो ?
भावाना मेरो मन को

जितीरहनु तिमी सधै, तिम्रो निम्ती हारीदिउला

जितीरहनु तिमी सधै, तिम्रो निम्ती हारीदिउला
 आफु बीचमा डुबेर नि, तिमीलाई पारी तारीदिउला
पुरा होस तिम्रो मनको, सबै इच्छा चाहनाहरु
 म त तिम्रो लागी, मेरो मनको सबै चाहना मारीदिउला
मेरो छायाँ ले तिमीलाई पिडा हुन्छ भने
अभागी यो ......... को बसाई अन्तै सारीदिउला
भावाना मेरो मन को

24/11/2015

रहेछ उदासी जिन्दगी मेरो

रहेछ उदासी जिन्दगी मेरो
दुइ पल मै साथ छोडी जाने न रस छ यो मनमा न त खुसी नै उदास भएर मात्रै चली रहेछ यो बैरागी जिन्दगी!! यस्तै रहेछ जिन्दगी मेरो बसन्त छाउन सकिन अभागी रैछ कर्म मेरो माया कसैको पाउन सकिन रोएर नै हिंड्नु पर्ने रहेछ जिन्दगी मेरो हाँसेर कसैलाइ हसाउन सकिन!! परिचय दिनु रहर छैन मलाई आज साथ दिई भोलि छोडी जाने निष्ठुरीलाई प्रेम गर्न रहर छैन मलाई आज छाडेर भोलि अर्को रोज्ने लाई!!!
आदित्य लिम्बू 

22/11/2015

तिमी बिना एक्लै आज हुन परेपछि ।।
 रोकिन्छ कि मेरो धडकन रुन परेपछि ।। आफुले नै आफैलाई म ठाँन्छु भाग्यमानी ।
। सपनी मा तिम्रो तस्बिर छुन परेपछि ।।

21/11/2015

बाताबरणको मौनता लाई पनि तिम्रो यादले

आदित्य लिम्बु
बाताबरणको मौनता लाई पनि तिम्रो यादले जितिसक्यो अब त।
किनकी तिमी मेरो हर कण मा छौ। याद भुलाउने पनि कुनै कोर्स भएको भए।
प्रतेक एक्जाम मा फेल हुने स्टुडेन्ट म नै हुने थिए।
 र मलाइ पास हुन मन पनि छैन।
मेरो मुटु फेरी आज किन बल्झ्ये प्रिय
तिम्रो याद मा मलाई छाडि गयौ तिमि अरु को साथ मा जब
जब तिम्रो याद आउछ रुदै गर्छु एकान्त मा
 मेरो मुटु फेरी आज किन बल्झ्ये प्रिय तिम्रो याद मा
आज पनि म तेही छु जहाँ तिमि छाडेर गयौ रात मा
किन बिस्वाश गरयौ तिमि अरु को बात मा
आज पनि म शम्भाले र राखे छु तिम्रो माया को चिनो मेरो हाथ मा
मेरो मुटु फेरी आज किन बल्झ्ये प्रिय तिम्रो याद मा
 फेरी एक चोटी शम्झ तिमि के लेखे थियौ त्यो पिपल को पात मा
संगै जिउने मर्ने बाचा गरे को थियौ साथ मा
मलाई छाडी गयौ तिमि अरु को साथ मा मेरो मुटु फेरी आज किन बल्झ्ये प्रिय तिम्रो याद मा

20/11/2015

जिबन

आदित्य लिम्बू
कागती होइन जीवन निचोरेर फाल्नलाई
कागज होइन जीवन सलाई कोरी बाल्नलाई
 यो मन फाट्यो भन्छन, मान्छे यहाँ त्यसै
किन कपडा त होइन जीवन मन फाट्दा टाल्नलाई... 💔

19/11/2015

भावाना मेरो मन को

बिछोड को बेदनाले मुटु चिरिएपनि,
 विवस् जिन्दगीमा बाच्नु नै पर्दो रहेछ ।
छाती भरि दुख का ब्यथाहरु भएपनि,
 तिरस्कृत जिन्दगिमा हास्नु पर्दो रहेछ ।

भावाना मेरो मन को

गहभरी आँशु बोकी पर्खिरहेछु तिमीलाई !!
 मुटुभरी माया बोकी खोजीरहेछु तिमीलाई !!
जता जान्छु एकान्त भेट्न सकिन तड्पिएर हर समय निदाउन !!
 सकिन तिमीबिना मेरो मन सम्हाल्न सक्दिन !!
चाहेछु तिमीलाई छाती चिरेर देखाउन सक्तिन !!
तिम्रो प्रतिक्षामा म बत्ती निभाउन सक्तिन !!
 तिमी बिना म एक्लो जिन्दगी बिताउन सक्तिन !!
आदित्य लिम्बु

मिलन मा रोपिएका फुलहरु

आदित्य लिम्बू
मिलन मा रोपिएका फुलहरु

, बिछोडमा ओइलाउन सक्छन । त्यस्तै मिलन मा कोरिएका पानाहरु, बिछोडमा पल्टिन सक्छन । जीवन एउटा यस्तो सफर हो, जसमा बिभिन्न मोडहरु आउन सक्छन । समय यस्तो अमुल्य चिज हो, जसलाई उपयोग गर्न संघर्ष गर्नु पर्छ । दुखेको मुटुलाई म अरु कति दुखाउ भन्नलाई साह्रै गार्हो परेको छ मन को ब्यथा कति मनमै लुकाइ राखुभन्नलाई डर लागिरहेको छ प्रफुस्ट पार्न आट त गरेको थिए तर उसको सामु प्रकट गर्न सकिन मनको ब्यथा मनमै राख्दिन भनेको थिए तर समय ले निकै लामो फड्को मारी सकेछ तिमी मेरो नजर् बाट टाढा हुन सक्छौ, तर मेरो धद्कन बाट सक्दैनौ तिमी मेरो सामुबाट टाढा हुन सक्छौ, तर मेरो सम्झाना बाट सक्दैनौ हुन सक्छ म तिम्रो लागी केही होइन, तर तिमी मेरो लागी everything..... भगवान सग एक फुल मागे, तर वाहाले एउटा बगैचा नै दिनुभयो भगवान सग एक थोपा पानी मागे, तर वाहाले समुन्द्र नै दिनु भयो भगवान सग एक सच्चा मित्र मागे, तर वाहा ले तिमीलाइ दिनु भयो मात्र तिमीलाइ ............

भुलेकै छु अतित लाई किन याद अरहेछ

भुलेकै छु अतित लाई किन याद अरहेछ !!
छुटेकै छ हाम्रो सम्बन्ध किन माया लागिरहन्छ !!
रितिएकै छ आशु किन छल्कि पोखिन खोजिरहेछ !!
रोकिएकै छ बर्षा किन परेलि भिझिरहेछ !!
एक्लै छु एकान्तमा किन कोहि अइ सताईरहेछ !!
हाँसेकै छन दुनियाँ किन यो मन रोइरहेको छ !!
भावाना मेरो मन को
आदित्य लिम्बु

16/11/2015

मेरो मन को कुरा

आदित्य लिम्बु
"माया त कहिले पनि मर्दो रहिनछ, माया ले त मर्दो पो रहिछ।"

मेरो मान्यता
१. "रिसले अमृत दिनु भन्दा ,खुसी ले बिष दिनु जाती हुन्छ।"
२. " जस्ले डुङ्गाले हान्छ, त्यस्लाइ फुलको थुङाले हान्नु पर्छ।"

मेरो सिद्धान्त
बिश्वास , अनुसासन, ईमान , लगनशिलता, मेहनेती, परिश्रमी र सफलता नभएको मानवको जिन्दगिमा जिउने कुनै अर्थ हुदैन

मेरो मन को कुरो कस्तो लागियो त हजुर हरुलाई
एदि कहि कतै गल्ती भाको भये हजुर हरु बाट केही सलाहा सुझाप
पनि दिनसक्नु हुन्छर महिले पनि पाउछु कि भने आसा छ

14/11/2015

रिसाएर तिमी जति

आदित्य लिम्बु
रिसाएर तिमी जति टाढा हुँदै गयौ।
अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ॥

आस्था मानि फूलसँग पुजे तिमीलाई।
फूल टेकी हाँसी हाँसी काँडा हुँदै गयौ॥

मलाई भनै बगरमा एक्लै कुराएर।
आफू भने क्षितिज पारि डाँडा हुँदै गयौ॥

जाने नै हौ जाऊ तर मेरो एउटा प्रश्न।
तिमी किन यति सारो छाडा हुँदै गयौ॥

मिलन बिछोड हासो रोदन, जिन्दगी को रित बने।

आदित्य लिम्बु
मिलन बिछोड हाँसो रोदन,जिन्दगीका रीत बने।
अँधेरी मा झर्या आँशु , बिहानी का शित बने॥

पुरानाति घाऊ बल्झी,ज्वारभाटा मनमा उठ्दा।
कयौँ पिडा गजल बने , कयौँ पिडा गीत बने॥

चाहेर नी सब्लाई याहाँ , खुसी पार्न नसकीने।
कती आफ्ना पराई बने, कती दुश्मन मीत बने॥

जीन्दगी को यात्रा बिच , यात्री धेरै मिले पनी।
मझधारमा एक्लै भा'छु , सबै यात्री अतीत बने॥

घाउ नै घाउ छ मुटु भरी कति चोट परेको हो।

आदित्य लिम्बू
घाऊ नै घाऊ छ् मुटुभरी कती चोट परेको हो !!
सोध्नु छ् यो आसुलाई कुन पिडाले झरेको हो !!

सकिएको छैन जीवन रुन अझै बाँकी नै छ् ,,
नयनको मोती दाना किन बसाई सरेको हो !!

नरो नरो भन्छ मनले भक्कानिदै आफु पनि ,
पिडा झर्छ पानी बनी कस्ले यस्तो गरेको हो !!

क्षितिज पारी भएकाले जलाइदिन्छ मुटु यहाँ ,
चर्किन्छ घाऊ मेरो मात्र कस्तो जहर भरेको हो !!

चोट दिने खोली तरे पिडा मात्रा बाँकी रह्यो ,,
भएन पुजेर भगवान तक्दिर कती हरेको हो !!

म बाच्ने सबैले आश मारे पछि नरुनु है

आदित्य लिम्बू
म बाँच्ने सबैले आश मारे पछि नरुनु है
सेतो कफन बेरि मठमा सारे पछि नरुनु है

म भन्दिन तिमी खुसीयालीको भोज गर
मेरो लास मसानघाट झारे पछि नरुनु है

जलाई चिता मेरो अस्तु बगाइ फर्किदा
आउने बाटो काँडाले बारे पछि नरुनु है

मैले होईन दैबले नै धोका दियो म के गरु
म गएर तिमी एक्लो पारे पछि नरुनु है

सँगै जिउने मर्ने कसम बेकार भयो सानु
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है

13/11/2015

मुगलान जादैछु म रेलै चडेर

आदित्य लिम्बू 
अतितको दिन सम्झी हास्न सकिएन
 स्वार्थी रहेछ दुनिया यो बुज्न सकिएन
कति सारो निस्टुरी यो समयको खेल
बिस्वासको खेति माथि हुनगयो झेल

11/11/2015

दुःखी आत्मा

आदित्य लिम्बु

मऊ सँग साथ छूटी सकेको पनि बसौ बिति सकेको थियो एक दिन भाग्यवस एक उसलाइ फेसबुकमा अनि पहिला रिक्वेस्ट सेण्ड गरे अनि टेक्स्ट पनि म तिमि सँग फ्रेंडशिप गर्न चाहञ्छु भनेर। मेरो नाम र फेसबुक अकाउंट फरक थियो। मेरो फेसबुक कुनै तस्विर पनि थिएन। तैपनि मेरो रिक्वेस्ट स्विकार गरको जानकारी पाए साथै टेक्स्ट को रिप पनि त्यो ओके भनेर लेखेको थियो।। अनि त खुशीको सिमानै रहेन उसलाइ केइ अफ लाइन टेक्स्ट छोडे तर कुनै जवाफ आयेन मैले लाइन माँ पनि भेटिन शायद समय नमिलेर पनि होला त्यसैले लगातार तिन चार दिन सम्म आफलाइन टेक्स्ट गरे कुनै जवाफ आयेन त्यो उसले रिक्वेस्ट गर्दा उकुस मुकुस भयको ख़ुशी सबै लिकलेर गयो। म त्यो दीन निकै लक्की थिया जहा उसलाई ऑनलाइन माँ भेटे मैले आफ्नो परिचय दिये झण्डै आधा घण्टा गफ भयो।
त्यसपछि उसलाई लाइन मै पाइन। केइ दिन पछि लाइन दिक्षालाइ लाइनमा भेटे जसलाई म प्राण भन्दा पनि चाहञ्थे हरेक पल ऊ मेरो छाया जस्तै बनेर घूमि रहन्थि उसैलाइ बोलाई Hi मैले जवाफ हे के छ उसको पहिलो जवाफ ठिकै छ दोश्रो I Lov You लेखी म झसँग भए मैले भने शायद टेक्स्ट निस्टेक भो हो? तर Please मेरै लागि होस भनेर मनले भगवन सँग कामना गर्न भ्याइसकेको थियो। नभन्दै No Really म तपाईलाई मन परौछु जून कुरा म आज भन्दा दुइ साल पाहिलेनै भन्न चाहञ्थे। तर जिन्दगी चाहे जस्तो कहा हुन्थ्यो र कति भन्ने प्रयास गरे सकेकै थिएन। आज भन्दै छु I Love You। शायद ऊनै मेरो जीवनको यस्तो केटी थिए जसले डायरेक्ट प्रोपोज़ गारी एक तीर मन ख़ुशीले गद-गद भैरहेको थियो फेरी अर्को तिर विश्वासनै थिएन। मैले फेरी भने तिमि म सँग मजक गर्दैछौ। फेरी उसले No Really के तपाई पनि मलाइ मन पराउनु हुन्छ?  मन त किन नपराउनु त्यो म शब्दमा व्यक्तनै गर्नै सक्दैनथ्य तर पनि फेरी सोधे ओइ आज अप्रिल फर्स्ट त हैन त। हे म एउटै कुरा कति पटक भनु म तपाईलाई मन पराऊछु। अनि मात्र मैले पनि जवाफ दिए म पनि तिमि सँग प्रेम गर्छु। उसले भनि अनि पहिल्यै किन नभन्नु भको त?  थाहा छ तपै सधै हिड्डने बाटोमा एक दिन तपाईलाइ कुरेरर बसे तपै कति बेला आउनु हुन्छ अनि तपैलाइ मेरो मनको सारा कुरा भन्छु अनि मलाइ सधै को लागि तपै सँगै लानुस भन्नु पर्यो भनेर कति ठुलो साहस बटुलेर बसे। तर त्यो दिन तपै आउनुनै भएन।शायद मेरो भाग्य कमजोर थियो निराश भएर घर फर्क। त्यो दिन देखि मैले कहिल्यै तापिलै देखिन कति खोजे। जति कष्ठ गरे पनि कतै पाउनै सकिन उसका ति माया मिसीएका भावुक शब्दहरुले मलाइ रुञ्चे हासो हसौदे थियो।। मैले आँखामा आँशु पिल पिल पार्दै थोरै ओठ खुम्च्याएर मुस्कुराउदै मनन गरे मान्छेहरुले भन्ने गर्थे चाएको/ सोचेको जस्तो जिवनमा कहिल्यै हुदैन तर ति सबै गलत रहेछन। मैले बषौ देखि उसलाइ चाहेको खै मैले पाए त।। लाग्थ्यो प्रेम तब मात्र बस्छ। जव दुइ आत्माको तालमेल मिल्छ। संचै उसँग खुव राम्रो तालमेल मिले जस्तो लाग्थ्यो।।
जव उ अनलाइन आएर चैट गर्न सुरु गर्थि अनि कैले नेटवर्कको डिस्टर्बले चैटमा ति थोप्ला हरु तल माथि गर्दै जिक्ज्याक गर्दै इ.सि.जि गरे जस्तो हुन्थ्यो कसम मलाइ त्यो भन्दा ठूलो एक्साटेडमेन्ट कुनै लाग्दै न्थ्यो।।।
नोट:- आफ्नै कथामेरो मन भित्रको ब्यथा।।