आदित्य लिम्बु
रिसाएर तिमी जति टाढा हुँदै गयौ।
अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ॥
आस्था मानि फूलसँग पुजे तिमीलाई।
फूल टेकी हाँसी हाँसी काँडा हुँदै गयौ॥
मलाई भनै बगरमा एक्लै कुराएर।
आफू भने क्षितिज पारि डाँडा हुँदै गयौ॥
जाने नै हौ जाऊ तर मेरो एउटा प्रश्न।
तिमी किन यति सारो छाडा हुँदै गयौ॥
No comments:
Post a Comment