14/11/2015

रिसाएर तिमी जति

आदित्य लिम्बु
रिसाएर तिमी जति टाढा हुँदै गयौ।
अझ धेरै यो मुटुमा गाढा हुँदै गयौ॥

आस्था मानि फूलसँग पुजे तिमीलाई।
फूल टेकी हाँसी हाँसी काँडा हुँदै गयौ॥

मलाई भनै बगरमा एक्लै कुराएर।
आफू भने क्षितिज पारि डाँडा हुँदै गयौ॥

जाने नै हौ जाऊ तर मेरो एउटा प्रश्न।
तिमी किन यति सारो छाडा हुँदै गयौ॥

मिलन बिछोड हासो रोदन, जिन्दगी को रित बने।

आदित्य लिम्बु
मिलन बिछोड हाँसो रोदन,जिन्दगीका रीत बने।
अँधेरी मा झर्या आँशु , बिहानी का शित बने॥

पुरानाति घाऊ बल्झी,ज्वारभाटा मनमा उठ्दा।
कयौँ पिडा गजल बने , कयौँ पिडा गीत बने॥

चाहेर नी सब्लाई याहाँ , खुसी पार्न नसकीने।
कती आफ्ना पराई बने, कती दुश्मन मीत बने॥

जीन्दगी को यात्रा बिच , यात्री धेरै मिले पनी।
मझधारमा एक्लै भा'छु , सबै यात्री अतीत बने॥

घाउ नै घाउ छ मुटु भरी कति चोट परेको हो।

आदित्य लिम्बू
घाऊ नै घाऊ छ् मुटुभरी कती चोट परेको हो !!
सोध्नु छ् यो आसुलाई कुन पिडाले झरेको हो !!

सकिएको छैन जीवन रुन अझै बाँकी नै छ् ,,
नयनको मोती दाना किन बसाई सरेको हो !!

नरो नरो भन्छ मनले भक्कानिदै आफु पनि ,
पिडा झर्छ पानी बनी कस्ले यस्तो गरेको हो !!

क्षितिज पारी भएकाले जलाइदिन्छ मुटु यहाँ ,
चर्किन्छ घाऊ मेरो मात्र कस्तो जहर भरेको हो !!

चोट दिने खोली तरे पिडा मात्रा बाँकी रह्यो ,,
भएन पुजेर भगवान तक्दिर कती हरेको हो !!

म बाच्ने सबैले आश मारे पछि नरुनु है

आदित्य लिम्बू
म बाँच्ने सबैले आश मारे पछि नरुनु है
सेतो कफन बेरि मठमा सारे पछि नरुनु है

म भन्दिन तिमी खुसीयालीको भोज गर
मेरो लास मसानघाट झारे पछि नरुनु है

जलाई चिता मेरो अस्तु बगाइ फर्किदा
आउने बाटो काँडाले बारे पछि नरुनु है

मैले होईन दैबले नै धोका दियो म के गरु
म गएर तिमी एक्लो पारे पछि नरुनु है

सँगै जिउने मर्ने कसम बेकार भयो सानु
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है

13/11/2015

मुगलान जादैछु म रेलै चडेर

आदित्य लिम्बू 
अतितको दिन सम्झी हास्न सकिएन
 स्वार्थी रहेछ दुनिया यो बुज्न सकिएन
कति सारो निस्टुरी यो समयको खेल
बिस्वासको खेति माथि हुनगयो झेल

11/11/2015

दुःखी आत्मा

आदित्य लिम्बु

मऊ सँग साथ छूटी सकेको पनि बसौ बिति सकेको थियो एक दिन भाग्यवस एक उसलाइ फेसबुकमा अनि पहिला रिक्वेस्ट सेण्ड गरे अनि टेक्स्ट पनि म तिमि सँग फ्रेंडशिप गर्न चाहञ्छु भनेर। मेरो नाम र फेसबुक अकाउंट फरक थियो। मेरो फेसबुक कुनै तस्विर पनि थिएन। तैपनि मेरो रिक्वेस्ट स्विकार गरको जानकारी पाए साथै टेक्स्ट को रिप पनि त्यो ओके भनेर लेखेको थियो।। अनि त खुशीको सिमानै रहेन उसलाइ केइ अफ लाइन टेक्स्ट छोडे तर कुनै जवाफ आयेन मैले लाइन माँ पनि भेटिन शायद समय नमिलेर पनि होला त्यसैले लगातार तिन चार दिन सम्म आफलाइन टेक्स्ट गरे कुनै जवाफ आयेन त्यो उसले रिक्वेस्ट गर्दा उकुस मुकुस भयको ख़ुशी सबै लिकलेर गयो। म त्यो दीन निकै लक्की थिया जहा उसलाई ऑनलाइन माँ भेटे मैले आफ्नो परिचय दिये झण्डै आधा घण्टा गफ भयो।
त्यसपछि उसलाई लाइन मै पाइन। केइ दिन पछि लाइन दिक्षालाइ लाइनमा भेटे जसलाई म प्राण भन्दा पनि चाहञ्थे हरेक पल ऊ मेरो छाया जस्तै बनेर घूमि रहन्थि उसैलाइ बोलाई Hi मैले जवाफ हे के छ उसको पहिलो जवाफ ठिकै छ दोश्रो I Lov You लेखी म झसँग भए मैले भने शायद टेक्स्ट निस्टेक भो हो? तर Please मेरै लागि होस भनेर मनले भगवन सँग कामना गर्न भ्याइसकेको थियो। नभन्दै No Really म तपाईलाई मन परौछु जून कुरा म आज भन्दा दुइ साल पाहिलेनै भन्न चाहञ्थे। तर जिन्दगी चाहे जस्तो कहा हुन्थ्यो र कति भन्ने प्रयास गरे सकेकै थिएन। आज भन्दै छु I Love You। शायद ऊनै मेरो जीवनको यस्तो केटी थिए जसले डायरेक्ट प्रोपोज़ गारी एक तीर मन ख़ुशीले गद-गद भैरहेको थियो फेरी अर्को तिर विश्वासनै थिएन। मैले फेरी भने तिमि म सँग मजक गर्दैछौ। फेरी उसले No Really के तपाई पनि मलाइ मन पराउनु हुन्छ?  मन त किन नपराउनु त्यो म शब्दमा व्यक्तनै गर्नै सक्दैनथ्य तर पनि फेरी सोधे ओइ आज अप्रिल फर्स्ट त हैन त। हे म एउटै कुरा कति पटक भनु म तपाईलाई मन पराऊछु। अनि मात्र मैले पनि जवाफ दिए म पनि तिमि सँग प्रेम गर्छु। उसले भनि अनि पहिल्यै किन नभन्नु भको त?  थाहा छ तपै सधै हिड्डने बाटोमा एक दिन तपाईलाइ कुरेरर बसे तपै कति बेला आउनु हुन्छ अनि तपैलाइ मेरो मनको सारा कुरा भन्छु अनि मलाइ सधै को लागि तपै सँगै लानुस भन्नु पर्यो भनेर कति ठुलो साहस बटुलेर बसे। तर त्यो दिन तपै आउनुनै भएन।शायद मेरो भाग्य कमजोर थियो निराश भएर घर फर्क। त्यो दिन देखि मैले कहिल्यै तापिलै देखिन कति खोजे। जति कष्ठ गरे पनि कतै पाउनै सकिन उसका ति माया मिसीएका भावुक शब्दहरुले मलाइ रुञ्चे हासो हसौदे थियो।। मैले आँखामा आँशु पिल पिल पार्दै थोरै ओठ खुम्च्याएर मुस्कुराउदै मनन गरे मान्छेहरुले भन्ने गर्थे चाएको/ सोचेको जस्तो जिवनमा कहिल्यै हुदैन तर ति सबै गलत रहेछन। मैले बषौ देखि उसलाइ चाहेको खै मैले पाए त।। लाग्थ्यो प्रेम तब मात्र बस्छ। जव दुइ आत्माको तालमेल मिल्छ। संचै उसँग खुव राम्रो तालमेल मिले जस्तो लाग्थ्यो।।
जव उ अनलाइन आएर चैट गर्न सुरु गर्थि अनि कैले नेटवर्कको डिस्टर्बले चैटमा ति थोप्ला हरु तल माथि गर्दै जिक्ज्याक गर्दै इ.सि.जि गरे जस्तो हुन्थ्यो कसम मलाइ त्यो भन्दा ठूलो एक्साटेडमेन्ट कुनै लाग्दै न्थ्यो।।।
नोट:- आफ्नै कथामेरो मन भित्रको ब्यथा।।