06/11/2015

कसैको हात मन पर्छ...कसैको वात मन

आदित्य लिम्बु
कसैलाई कसैको हात मन पर्छ
त,कसैलाई कसैको वात मन पर्छ
ज-जसलाई जे-जे मन परोस्
तर, मलाई त, मायालुकै याद मनपर्छ !!

हांसो भन्दा जीवन धेरै, आंशुकै तेल हो
विरह र वेदना त मान्छे खेलाउने खेल हो,
कसैलाई लाग्ला माया फेरी, मुटु मुटुको मेल हो
तर मेरो लागि त माया, वर्खे मासकै भेल हो !!

05/11/2015

जीन्दगी आखिर दुइ दिनको पाहुना.......!!

आदित्य लिम्बु
फुल बनी फुलेपछि झर्नुनै पर्ने !!
प्रक्रितिको कस्तो अनौठो रित
मानिस भै जन्मे पछि मर्नु नै पर्ने
कस्तो अचम्मको रित !!

सदाबहर अनि अजम्बरी जुनि नपाउने नै रैछ!!
पारिजात अनी मखमली दुबो जस्तो नहुने रैछ
बिहन उदाएको घाम अस्ताउनै पर्ने रैछ
डालिमा फुले पनि भुइ झर्नै पर्ने रैछ!!

अखिर २ दिन को पाहुना नै रैछ !!
जति आफ्नो भने पनि जति रिस राग
हासो ठट्टा गरे पनि जाने बेलामा छोड्नुनै पर्ने रैछ !!
सास हुन्जेल आस हुन्छ भनेजस्तै

जति आस गरे पनि जस्लाइ आफ्नो भनेपनि आखिर एक्लै जनु पर्ने रैछ!!
हिड्डा हिड्डै बाटो छोड्नु पर्ने नै रैछ
जे गरे पनि प्रक्रितिको रित अनि जन्मदाको लेखा भोग्नुनै पर्ने रैछ !!
लेखेको कुरा टारेर टारन नसकिने रैछ
जसरि,

दिनमा घाम् भए रातमा जुन !!
जति हासुं जति नाचु दुइ दिनको पाहुना
भाबिले नै लेखे पनि भाग्या आफैं कोर्नु पर्ने !!
बाच्ने आशिस दिए पनि
उमेर लाइ छोड्नु पर्ने..................!! जीन्दगी आखिर दुइ दिनको पाहुना !!!!!!!!!!!

पिडा........

आदित्य लिम्बु
जिन्दगीको परिभाषा खोज्दै जादा
त्यहा मात्र पिडाको आभाष पाए ।
पाइला पाइलामा संघर्ष गर्दै जादा
त्यहा असफल्ताको साथ पाए ।

मनमा कति पिडाले बास बसेको छ,
कति घाउहरु लागेको छ त्यो त
मात्र आफैमा सिमित राखेकि छु
अब त एकान्तमा एक्लै बस्न पनि डर लाग्न थालिसक्यो,

कतै पिडाले बनाएको घाउ झन
बल्झिने पो हो कि र ए उटा भयानक
रुप लिएर झन् पिडा थप्ने पो हो कि
बास्तबमा सबै सामु बाड्न सकिने बहिरि पिडा,

मनमा अझ गहिरो चोट मात्र दिने भित्रि पिडा भन्दा,
अलक छ यो त भोग्नेलाइ मात्र थाहा हुन्छ,
............. मात्र भोग्नेलाइ
सिरिफ भोग्नेलाइ............!!
यो सम्झिने मन 💘

भावनामा हैन यथार्थमा बाँच्न सिक.... :)

आदित्य लिम्बु
भावनामा हराउनेलाई के थाहा
यथार्थ कस्तो हुन्छ भनेर
कल्पनामा डुब्नेलाई के थाहा
सागरको गहिराइ कती हुन्छ भनेर

दिनमै सपना देख्नेलाई के थाहा
बिपना कस्तो हुन्छ भनेर
हासोमै हराउनेलाई के थाहा
आशु कस्तो हुन्छ भनेर

चन्द्रमाको सितल्ता ताप्नेलाई के
थाहा सुर्याको ताप कस्तो हुन्छ भनेर
बन जलेको देख्ने हरुलाई के
थाहा मन कसरी जल्छ भनेर

नियालेर हेर्ने कोशीस गर
मुटुमा कसरी लाग्छ चोट भनेर
अनी बुझ्ने कोशीस गर
हास्नु र बोल्नु मात्रा( ..???...)हैन भनेर.....



सधैं यथार्थमा रम्न सिक भावना मा हैन
सधैं यथार्थलाई मित्रता बनाउ कल्पनालाई हैन
यथार्थनै तिम्रो जिबन हो
दिनमै सपना देख्ने नगर

आफुलाई भित्री मनले बुझ्ने गर
अरुको रुपमा अनी भावनामा डुब्ने नगर
अनी'
भावनामा हैन यथार्थमा बाँच्न सिक...!!

पर्देसी को यादमा

संघारमा दियो बालेर सधैं
हर साँझ तिमीलाई पर्खिरहेछु
भाग्यको रेखा मेटिदैन रहेछ
परदेशीको बाटो हेरिरहेछु
आदित्य लिम्बु

सम्झना

आदित्य लिम्बू 
सम्झना आउछ मलाई हाम्रो देश नेपालको
सम्झना आउछ मलाई आफ्नै गाउ घरको
सम्झन्छु म त्यहाँको पाखा देउराली र झरना
बाचिरहेको छु तिम्रै आशामा ।
मिहिनेतको पसिन बगाई बिरानो देशमा
कहिलेकाही आफ्नै आशाहरुले नै निराश पार्छ
यो जिबनमा आशहरुले निराश नपारुन
सम्झना आउछ जिबनका पलहरु
कस्तो हो मेरो कर्म आँफैलाई थाहाछैन....

गाउँ को याद आयो

सबै जना जमघट हुने यो तिहारको बेलामा आफु परदेशी भूमिमा रहनुपर्दा धेरै नै नरमाईलो भइरहेको छ आफ्नो आफन्त तथा साथी भाईहरु संग गरेको रमाइलो समझदा मन किन किन तेसै भक्कानिएर आउछ पोहोर खेलेको देउसी,भैलो आझै पनि कानमा आनायासै गुन्जीरहेको छ बिर्सन्छु भन्दा पनि भुल्न कति कठिन रहेछ ति पलहरु जब चार्ड आउछ अनि यो मन अनि मनमा एक किसिमको तरङ्ग पैदाहुन थाल्छ परदेशी भूमिमा बसेर नेपालको मिठो कल्पनामा डुबुल्की मर्न मन लाग्छ , यहाँ न चार्ड छ न नेपाली रहन सहन केवल छ दास को जिबन यहाँ जे गर भन्छन तेही गर्यो समय कटायो रूम मा गयो खान खायो सुत्यो अनि भोलि ऊऊउ फफ्फ्फ़ फेरी तेहि काम ............................................................................ तर नेपालमा बसेर तिहार मनाउने सम्पूर्ण दाजुभइ  दिदिबहिनी तथा साथी संगी हरुलाई यो सात समुन्द्र परि बाट हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दछु ........................
आदित्य लिम्बु

जिन्दगी

आदित्य लिम्बु

'''''''जिन्दगी '''''''''
MAYAKO राग सगै सुभाश दिने यो जिन्दगी ।
पहाडका खोरिया सरी उजाड हुने यो जिन्दगी । ।

कहाँ बाट सुरु हुन्छ ?कहा छ ?गन्तब्य त्यसको ।
घिनाउने साथमा पनि उपहार हुन्छ जिन्दगी ।।

पत्राचारको माध्यम बनी घुमी रहेछन दिनहरु ।
आलोचना गर्नेहरु पनि खोज्छन उपहार जिन्दगी ।।

जिउनु पर्छ बाध्यताले २ दिन हो जस्तो लाग्छ मलाई ।
नदिको भेल सरी उर्लने हो यो जिन्दगी ।।

खोज्छ सधै उन्नती अनी प्रगतिका लहरहरु ।
तर पाइदैन शही बाटो धिक्कार लाग्छ जिन्दगी ।।

दु:ख र सुखको सङगम लिएर सधै साथमा ।
को हुन्छ र भब बुज्ने रोदन होकी लाग्छ जिन्दगी ।।

भन्छ सधै यो मन आफ्नो सम्झन्छ कसैलाई ।
खडा हुन्छ तरबार त्यहाँ कस्तो हुन्छ त्यो जिन्दगी ।।

अतित र बर्तमान सगै खोज्दै हिंड्ने ति बाटाहरु ।
मरेर गरे पनि पूर्ण पाइन्न सफल हिनता बोधलाग्छ जिन्दगी ।।

फुलाउन खोज्छु सधै ओइलिन्छ ति छेणहरु ।।
आसाहरु बिलाएमा काठको बार हुन्छ जिन्दगी ।

सितलता दिने छ।हारिहरु सूहाउछन सल्लाघारिमा ।।
छेक्न खोज्छु सधै रापहरु आइरहन्छ कस्तो हो जिन्दगी ।

गर्नु छ सफलताको लागि पाईन्छकी सन्तुस्ठी त्यहाँ । ।
सँर्घस सफल हो लाग्छ मानबको यस्तै हो जिन्दगी ।

फोगरको थुप्रोमा पनि रमाउछन ति छेणहरु ।।
बाध्यतामा पिल्सियको कस्तो होला त्यो जिन्दगी ।

गर्छु भन्छन ठुला हुँदै तर हुन्न त्यहाँ केही ।।
सुन्दैन्न कसैको रोदन ,देख्दैनन भोक पनि कस्तो हो त्यो जिन्दगी ।।
कती निस्ठुरी होला त्यो मन त्यस्तो पनि जिन्दगी ,,,,,,त्यस्तो पनि जिन्दगी .................

02/11/2015

दिनु थियो धोका आखिर माया जाल्ले


  • आदित्य लिम्बु

दिनु थियो धोका आखिर, माया जालले बाध्यौ  किन।
झुटो कसम ब्यथै पिलाई, बिच बाटोमै छोड्यौ  किन।।
 साथ दिन्छु तिमलाई सधैँ, भनि माया गास्यौ  किन।
 पहिले एकै मुटु सोच्ने , आज कुल्चिएर गयौ  किन।।

जिन्दगी-को छोटो मिठो (कबिता ) ह्जुर हरु माझ यो सम्झिने मन 💘 बाट

आदित्य लिम्बु

जिन्दगी एउटा फूल हो झरीजान्छ एकपटक
नियम हो यो प्रकृतिको मरीजान्छ एकपटक
बाँचुन्जेल रिसराग, भागबण्डा तेरो मेरो
जस्तो जन्म उस्तै मृत्‍यु छोड्नुपर्छ सेरोफेरो
आउछ काल टपक्कै टिपी हरीलान्छ एकपटक
नियम हो यो प्रकृतिको मरीजान्छ एकपटक

एक्लो लाग्छ मलाई आझ

आदित्य लिम्बु
किन किन आज मलाई,मरुँ जस्तो भाछ ।
यो संसार छोडि अन्तै, सरुँ जस्तो भाछ ।।

एक्लो यात्रा कसरी काटुँ,बिछोड मा अब ।
भगवान को शरण मा ,परुँ जस्तो भाछ ।।

रुँदा रुदै सुकिसक्यो ,आँखा को आँसु पनि ।
सम्झी ल्याउँदा आत्महत्या ,गरुँ जस्तो भाछ ।।

छिया छिया भै फाट्यो ,दुखेको यो मन पनि ।
बिश घोलेर मुटु भित्र ,..भरुँ जस्तो भाछ ।।

एक्लो लाग्छ सबैको माझ, उनी साथ नहुँदा ।
छोडि आज सात समुन्द्र , तरुँ जस्तो भाछ ।।

तिम्रो याद

आदित्य लिम्बु
जति भुलू भने पनि याद बढ्छ झन्
तिमी बिना पनि रुन्छ मेरो यो मन,
आकाशको बादल झैँ भयो हाम्रो माया
जता जाऊ उतै देख्छु तिम्रै मात्र छाया,
नसकियौ संगै जिउन नसकियौ भूल्न
मन भरि पिंडा बोकी पर्दो रहेछ जिउन !!!

01/11/2015

पिडामा पनि आसु लुकाइ हास्न मैले जानेको छु

आदित्य लिम्बू
माया लाउन नजाने पनि मनमा सजौना जानेको छु !!
पिडामा पनि आसु लुकाइ हास्न मैले जानेको छु !!
दु:ख हण्डर खाए पनि हरेस खान्छु भन्दिन !!
पिडामा झर्ने आसुलाई रोक्छु म भन्दिन !!

पर्देसिको पिडा कसले बुझने ........

आदित्य लिम्बु


डढेलोले खाको बन जरै देखी पलाउछ !
पिरथीले खाको ज्यान आत्म देखी गलाउछ !!


पोल्छ मुटु भित्र भित्र धड्कन छैन ठाउमा !
कुन मलम लगाउने हो बिछोड को घाउमा !!


के सोचेको थिए मैले के के भयो जीवनमा !
फैलीएको आगो बनी न बस है यो मनमा !!

मुहार धुन पानी होइन आसुले नै पुग्यो


मुहार धुन पानी होइन आसुले नै पुग्यो
हिड्दा हिड्दै बिच बाटोमा खुशीहरु टुट्यो

कता जाउ कता नजाउ परीसक्यो साँझ
अन्धकार जीवन भित्र हराए म आज
हासिरथे रमाइकन हासो मेरो लुट्यो

पलाएका आशाहरु अनायसै सुक्यो

मन मेरो रित्ती सक्यो केही छैन भर्न
आज किन यस्तो भयो सकियन मर्न
पिर ब्यथाले अघाइ सके जिउन मलाई पुग्यो
चोटै चोटको धारहरुले आज मुटु दुख्यो
आदित्य लिम्बु

~~~~~~~नमस्कार दर्शन सादर प्रणाम शुभ बिहानीको शितल अभिबादन गर्दछु सम्पूर्ण मित्रहरुमा ~~~~~


मुस्कान त हाम्रो परिचय हो नि साथीहरु,तर पनि बाहिरी आँखाले देखिने त्यो सुन्दर मुस्कानभित्र आफैँलाई जिऊदै जलाऊने पिडा लुकेको कस्ले देखेको हुन्छ र.,॥ तैपनि यो दुनिँयामा मुटुभित्रको पिडा लुकाई मन्द मुस्कान छर्नैपर्ने खुशी भएको देखाऊनै पर्ने यो कस्तो बिडम्बना ~~~~~
जीवन र मरणको दोसाँधमा रहेर मुस्कुराँऊदै जिऊन सिक्नुपर्छ...अनि दुःख र पिडालाई अगाल्नु नै पर्छ ~~मिलन अनि बिछोड त एक अर्काको परिपुरक हुन् तर पनि किन मिलनपछि बिछोड अनिवार्य हुन्छ,अनि मिलनका पलहरुलाई सँम्झदै दिनरात काट्नुपर्ने वाध्यतामा पुनर्मिलनको झिनो आशाको त्यान्द्रो सँगाली सुख दुःख वाँच्नुपर्ने यथार्थ.....कस्ले देखेको छ जीबनभित्र मरण छ कि मृत्युभित्र जीवन,,आज हो कि भोली ~~~~~~
आदित्य लिम्बु

समय अनि जिन्दगीको यात्रा

आदित्य लिम्बू 
समय अनि जिन्दगीको यात्रा............
समय अनि जिन्दगीको यात्रा हरु अनिश्चित हुन्छ जो सोचेको भन्दा न सोचेको धेरै हुन्छ|हामी मानबको जिन्दगीमा हरेक गतिबिधी एक घटनाक्रम झै चलिरहेको__ हुन्छ|जिन्दगी १ सुनौलो अनि अनिश्चित यात्रा हो| एस यात्रामा यात्रा गर्दा उकालीमा अनी ओरालिको बाटो भरि कोहि न कोहि आफु जस्तै यात्री भेट्छौ,त्यो यात्री___ कहिले जिन्दगीको नजिकै बाट केहि न केहि दिएर जान्छ|आमाको काख बाट सुरु _हुने यो यात्रा अनेक ठोक्कर खाई सफलतामा रमाई स्कुल को तितो मिठो जिन्दगीको भोगाइमा सहपाठीहरू संग टाढा हुनु पर्दा मनमा अलिकति पीडा त हुन्छ नै फेरी पनी यात्राको क्रम त्येहा बाट नै सुरु हुन्छ|अनी साथीको साथ् छुटिनु को एहसास बाट अनी अरुको बिछोडको अनुभब मिल्छ|यात्रा कहिले बसमा भेट्ने यात्रीले जिन्दगीको यात्रा नै मोडी दिन्छ कहिले बाटोमा भेटेको यात्रीले जिन्दगीको कथा नै बदल्दिन्छ |येही नै वास्तविक जिन्दगी हो|जस्तो अवस्थामा पनी हरेक मोड हरुमा आफु जस्तै यात्रीको भेट् गराउछ जसमा मन अनी हृदय विचार बिमर्स मिलेको हुन्छ| मानिसको|यदि मन अनी आत्मा मिलेको छ भने देख्ने बित्तिकै पनी मुटुले सकारात्मक सोच हरु ल्याएको हुन्छ|यदी विचार बिमर्स मिलेको छैन भने हजारौ पटक मिले पनी सानो कुराको पनी येह्सास हुदैन होइन र ?