28/04/2016

भावाना मेरो मन को

आदित्य लिम्बु
छाडि जाने निष्ठुरीको यादमा, दुई आँखा बाट आँसु झर्दैछु आज !
हारेको यो जिन्दगी देखि, आफैंले आफैंलाई घृणा गर्दैछु आज !!
रहर थियो माया नै मायाले सजाउला पिरतिको सुन्दर घर !
आँधी आइ भताभुङ्ग पारिदिदा, आशा हरु एकाएक मर्दैछु आज !!
कति मिठा मिठा सपना हरु सजाएको थे अधुरै रह्यो!
दुख पिडा मेरै भागमा पारी, खुशीहरु पर-पर सर्दैछ आज !!
जस्लाई आफ्नो परान ठाने उहीँ म देखि टाढा भएपछि !
लाचार अनि बिबस भइ जिन्दगी,मृत्युको शरणमा पर्दैछु !!
                     (यो सम्झिने मन )

No comments: